GBIME

लघुवित्तको जागिर छाडेर दिलिप लागे बीमा तर्फ, गार्डियनको विभागीय प्रमुख बन्ने पक्का

23.4K
shares

काठमाडौं, ९ फागुन । लघुवित्त क्षेत्रमा करिब २ दशक समय बिताएका दिलिप शर्मा बीमा क्षेत्रतिर लागेका छन् । लक्ष्मी लघुवित्त वित्तीय संस्थामा मात्रै १० वर्ष ६ महिना काम गरेका दिलिप क्षेत्र नै परिवर्तन गरेर बीमा क्षेत्रमा लागेका हुन् ।

उनी लक्ष्मी लघुवित्तका तत्कालिन सीईओ प्रकाशराज शर्माका निकै विस्वासपात्र मानिन्थे । लक्ष्मी लघुवित्तमा विभागीय प्रमुख रहेका उनी क्षेत्र परिवर्तन गर्दै गार्डियन माइक्रो लाइफ इन्स्यारेन्समा जाने पक्कापक्की भएको छ ।

माइक्रोफाइनान्समा लामो अनुभव भएकाहरु बीमा क्षेत्रमा जाने क्रम भने यसअघि पनि चल्दै आएको छ । जनउत्थान लघुवित्तमा लामो समय सीईओ भएका श्रीराम पोख्रेल अहिले आईएमई लाइप्m इन्स्यारेन्समा रमाइरहेका छन् । स्वस्तिक लघुवित्तका सीईओबाट राजीनामा बुझाएपछि जीवन खनाल सानिमा रिलायन्स लाइफ पुगेका थिए । खनाल भने अहिले लघुवित्तकै कम ब्याक भएका छन् ।

लक्ष्मी लघुवित्तको विभागीय प्रमुख छाडेका दिलिप भने अब गार्डियन माइक्रो लाइफको विभागीय प्रमुखकै जिम्बेवारी पाउनेछन् । उनलाई केही दिन अघिमात्रै लक्ष्मी लघुवित्तका सीईओ सुन्दरप्रसाद श्रेष्ठले बुद्धको मुर्ति दिएर संस्थाबाट बिदाइ गरेका थिए ।

गार्डियनको प्रमुख कार्यकारी अधिकृत भने चिरायु भण्डारी छन् । नेपालको पहिलो पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनीको सीईओ समेत भइसकेका भण्डारी बीमा क्षेत्रमा निकै लामो अनुभव भएका व्यक्ति हुन् ।