Dhulikhel Eco Banner new

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्समा सञ्चालक समिति चयन

4.37K
shares

काठमाडौं, २० फागुन । आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडको २६औं बार्षिक साधारण सभा फाल्गुण २० गते लैनचौर बैङ्क्वेट्स, लैनचौर, काठमाण्डौंमा सम्पन्न भएको छ । कम्पनीको २६औं वार्षिक साधारण सभाबाट आगामी ४ वर्षको लागि संस्थापक समूहबाट हेमराज ढकाल, विशाल अग्रवाल, अम्बिकाप्रसाद पौडेल र कृति टिवडेवालसाथै सर्वसाधरण समूहबाट राजेन्द्रसिंह भण्डारी र अमित अग्रवाल संचालक पदमा निर्बिरोध निर्वाचित भएका छन ।

२०८० बैशाख २७ गतेबाट साविक आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी मर्जर सम्पन्न गरी आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोबार गर्न थालेको हो ।

देशको समग्र आर्थिक गतिविधिलाई चलायमान बनाई राख्नको लागि ठूला ठूला मेगा प्रोजेक्टहरुको स्थापना हुनु पर्नेमा विशेष जोड दिर्दै नव निर्वाचित अध्यक्ष हेमराज ढकालले दिएका । उनले भने, नेपालमा विकास निर्माणको लागि सडक, जलविद्युत, कृषि, पर्यटन तथा सूचनाप्रविधिको क्षेत्रमा प्रचुर सम्भावना रहेकोले सरकारले उच्च प्राथमिकताका साथ लगानी गर्न आग्रह गरे ।

सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष ढकालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको कम्नपीले जनाएको छ ।