Dhulikhel Eco Banner new

नयाँ अर्थमन्त्री पाएको हप्ता सकारात्मक देखियो नेप्से, कुन दिन कस्तो थियो बजार ?

7.77K
shares

काठमाडौं, २४ फागुन । यो सता नेपालको राजनीतिमा उथल पुथल भयो । नेपाली कांग्रेससँग सत्ता साझेदार गरिरहेको नेकपा माओवादी एका एक नेकपा एमालेसहितको पार्टीसँग सत्ता साझेदार गर्ने पुग्यो ।

प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन फेरेसँग सबै मन्त्रालयहरुमा नयाँ अनुहार आए । अर्थमन्त्रीका रुपमा रहेका डा. प्रकाशसरण महत पूर्व अर्थमन्त्री बन्न पुगे ।

यसरी सरकार परिवर्तन भएसँगै शेयर बजारमा पनि धेरै परिवर्तन देखियो । साताको सुरुवातमा सामान्य नै देखिएको शेयर बजार सोमबार सत्ता गठबन्धन फेरीएसँगै उछाल आयो । तिन पटक सम्म सक्रिट ब्रेक लागेर बजार समय भन्दा अगाडि नै बन्द भयो ।

यहि बिचमा अर्थ मन्त्रालयमा नयाँ मन्त्रीको रुपमा माओवादीका नेता वर्षमान पुनको आगम भयो । नयाँ मन्त्रीलाई पनि लगानीकर्ताले राम्रोसँग भरोसा गरेको देखियो । पुन आउने खबरले पनि बजारमा सकारात्मक नै देखियो ।

पुनले अर्थ मन्त्रालयको पदभार ग्रहण गर्दा शेयर बजार प्रति सकारात्म भएको र शेयर बजारमा देखिएको समस्या समाधान गर्ने लाग्ने भनेपछि लगानीकर्ताले पनि पुनलाई राम्ररी सपोर्ट गरेको देखिएको छ ।

आईतबार
आइतबार नेप्से ११.७८ अंकले घटेर १९६०.३० विन्दुमा कायम भएको थियो । आइतबार बजार बन्द हुँदा सम्ममा २ अर्ब ८ करोड २७ लाख ८६ हजार रुपैयाँ बराबरको ५५ लाख ७४ हजार २०७ कित्ता शेयर किनबेच भएको थियो ।

आइतबार १७३ वाटा कम्पनीको शेयर घटेको थियो भने ६७ वटा कम्पनीको शेयर मूल्य बढेको थियो । ८ कम्पनीको शेयर भने स्थिर रहेको थियो ।

नेप्सेको १३ वटा समुह मध्ये २ समुहको शेयर बढेको थियो भने अन्यको घटेको थियो । बढ्ने उपसूचकमध्ये होटल तथा टुरिजम र उत्पादन समुहको शेयर बढेको थियो ।

नेप्सेको ३ वटा उपसूचकमध्ये सबैको शेयर घटेको थियो । जसमा सेन्सेटिभ इन्डेक्स १.९२ अंकले, फोल्ट इन्डेक्स ०.८३ अंकले र सेन्सेटिभ फोल्ड इन्डेक्स ०.६७ अंकले घटेको थियो ।

सोमबार
सोमबार नेप्सेमा तेस्रो सक्रिट ब्रेक लागेको थियो । सोमबार नेप्सेमा तेस्रो सक्रिट ब्रेक लागेर ६ प्रतिशतले बढेर सोमबारको लागि निधारीत समय भन्दा अगावै कारोबार बन्द भएको थियो ।

पहिलो ३ मिनेट ३० सेकेण्डमा ४ प्रतिशतले बढेपछि २० मिनेटको लागि शेयर कारोबार बन्द भएको थियो । बजार खुलेको १ मिनेटमा पूनः दोस्रो सक्रिट ब्रेक गरेर नेप्से सूचक ५ प्रतिशतले बढ्यो र ४० मिनेटका लागि बजार बन्द भएको थियो ।

दोस्रो सर्किट ब्रेक लागेको ४० मिनेटपछि बजार खुलेको १ मिनेटमानै नेप्से सूचक ६ प्रतिशत बढेयो र तेस्रो सक्रिट ब्रेक लाग्यो । अनि सोमबारको लागि कारोबार नै बन्द भएको थियो ।

तेस्रो सक्रिट ब्रेक लाग्दा नेप्से ११७.७० अंकले बढेर २९७८ विन्दुमा कायम भएको थियो । आज तेस्रो सक्रिट ब्रेक लागेर बजार बन्दा हुँदा २३० कम्पनीको शेयर बढेको थियो भने २ कम्पनीको शेयर घटेको थियो ।

सोमबार नेप्सेमा लिस्टेट सबै कम्पनीको कारोबार भएको थियो । थोरै समय बजार खुल्दा पनि ३ अर्ब ७५ करोड २१ लाख बराबारको ९३ लाख ४९ हजार ९१९ कित्ता शेयर किनबेच भएको थियो । सोमबार ४१ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सक्रिट लागेको थियो ।

मंगलबार
सोमबार लगातार ३ वटक सकारात्मक सक्रिट हानेर बन्द भएको शेयर बजार मंगलबार भारी अंकले घटेको थियो । मंगलबार प्रि ओपन सेसनमा सकारात्मक देखिएको नेप्से बजार बन्द हुँदा ७०.३१ अंकले घटेको थियो । मंगलबार नेप्से ३.३८ प्रतिशतले घटेर २००७.६९ विन्दुमा कायम भएको थियो ।

मंगलबार नेप्से घटेपनि कारोबार भने ४ अर्ब नाघेको थियो । मंगलबार १ करोड १४ लाख ६७ हजार ५९९ कित्ता शेयर ४ अर्ब ११ करोड ३७ लाख ७६ हजार रुपैयाँमा किनबेच भएको थियो ।

मंगलबार ३३ कम्पनीको शेयर मूल्य बढेको थियो भने २१३ कम्पनीको शेयर मूल्य घटेको थियो । २ कम्पनीको शेयर भने किनबेच भएको थिएन ।

मंलबार भएको कारोबारमा १३ वटा उपसमुह मध्ये म्यूचअल फण्डको मात्र शेयर बढेको थियो । अन्य सबै उपसमुहको शेयर घटेको थियो ।

बुधबार
बुधबार नेप्से ९.३३ अंकले बढेर २०१७.०३ अंकमा पुगेको थियो । बुधबार २०८ कम्पनीका ९१ लाख ३८ हजार १५४ कित्ता शेयर ५८ हजार ९४० पटक खरिदबिक्री हुँदा ३ अर्ब ४५ करोड आठ लाख ३८ हजार रुपैयाँको कारोबार भएको थियो ।

आजको कारोबारमा बैंकिङ, जीवन बीमा र म्यूचुअल फण्डबाहेकको समूहको उपसूचक बढेको छ ।

बिहिबार
बिहिबार नेप्से १३.५१ अंकले बढेर २०३०.५५ विन्दुमा पुगेको छ । बिशिबार १७६ कम्पनीको शेयर मुल्य बढेको छ भने ५९ कम्पनीको मूल्य घटेको छ । ११ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

बिशि ३ अर्ब १९ करोड ९२ लाख ५ हजार रुपैयाँ बराबरको ८९ लाख २९ हजार १५२ कित्ता शेयर किनबेच भएको छ । आज पिपिल्स हाइड्रो पावरको शेयर १० प्रतिशतले वृद्धि भएर सकारात्मक सक्रिट हानेको छ ।

आज भएको कारोबारमा १३ उपसमुह मध्ये २ उपसमुहको शेयर घटेको छ भने अन्य सबैको शयेर बढेको छ ।

Follow Up

अर्थमन्त्री पुन सकारात्मक देखिएसँगै बढ्यो नेप्से, कारोबार ३ अर्ब माथि

अर्थमन्त्री पुन सकारात्मक देखिएसँगै बढ्यो नेप्से, कारोबार ३ अर्ब माथि