Dhulikhel Eco Banner new

सैनिक मञ्च टुँडीखेलमा सेना दिवस (तस्विरसहित)

4.29K
shares

काठमाडौं, २५ फागुन । नेपाली सेनाले आफ्नो स्थापनाको २६१औँ वार्षिकोत्सवका शुक्रबार मुलुकभर विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुतिकासाथ बनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक टुँडीखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी थिए । नेपाली सेनाको पौडेल परमाधिपति हुन् ।

सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको र त्यस अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार नेपाली सेनाद्वारा महाशिवरात्रि तथा २६१औँ सेना दिवस– २०८० को अवसरमा टुंडिखेलम आयोजित कार्यक्रममा नेपाली सेनाबाट प्रदान गरिएको सम्मानगारत (सलामी) ग्रहण गर्दै ।
नेपाली सेनाद्वारा शुक्रबार आयोजित महाशिवरात्रि तथा २६१औँ सेना दिवस २०८० को अवसरमा टुँडिखेलमा मार्चपास गर्दै नेपाली सेनाका टुकडी ।
नेपाली सेनाद्वारा शुक्रबार टुंडिखेलमा आयोजित महाशिवरात्रि तथा ‘२६१ औँ सेना दिवस २०८०’को उपलक्ष्यमा नेपाल सेनाको हेलिकोप्टरबाट वार्षिकोत्सव ब्यानर प्रस्तुत गर्दै ।
राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत शुक्रबार नेपाली सेनाद्वारा आयोजित महाशिवरात्री तथा ‘२६१ सेना दिवस– २०८०’ को अवसरमा आयोजित कार्यक्रममा सहभागी हुँदै ।
दाङको घोराही उपमहानगरपालिका५ स्थित पाण्डवेश्वर महादेव मन्दिर धारापानी परिसरमा रहेको विश्वको अग्लो भनिएको त्रिशूललाई सलामी दिँदै घोराहीस्थित रणसिंह गणका नेपाली सेना । प्रत्येक वर्ष शिवरात्रि पर्वका दिन शिवको अस्त्र त्रिशूललाई नेपाली सेनाले सलामी दिँदै आएको छ ।