Dhulikhel Eco Banner new

आजबाट औपचारीक रुपमा पोखरा पर्यटकीय राजधानी (तस्विरसहित)

4.55K
shares

पोखरा, ४ चैत । पोखरा शहर औपचारिक रुपमा पर्यटकीय राजधानी घोषणा भएको छ । आज आईतबार देखि पोखरा औपचारीक रुपमा पर्यटकीय राजधानी भएको हो ।

आज पोखरामा भएको महोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरेका हुन् । पोखरा प्राकृतिक, साँस्कृतिक साहसिक क्षेत्रको अद्वितीय संगम रहेको प्रचण्डले बताएका छन् ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्राकृतिक, साँस्कृतिक साहसिक क्षेत्रको दृष्टिले अनुपम, विश्वकै शीर्ष पर्यटकीय गन्तव्यको रुपमा ख्याती प्राप्त सुन्दर पोखरालाई मुलुककै पर्यटकीय राजधानीको रुपमा औपचारिक रुपमा घोषणा गरिएको बताए ।

पोखरा सहरलाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्न फेवाताल किनार छेउ बाराहीघाटमा आइतबार आयोजित समारोहमा उपस्थित नेपालका लागि चिनियाँ राजदूत लगायत विशिष्ट व्यक्तिहरु सहभागी हुँदै ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पोखरा सहरलाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्न फेवाताल किनार छेउ बाराहीघाटमा आइतबार आयोजित समारोहको उद्घाटन गर्दै ।
प्रधानमन्त्री प्रचण्ड लगायत पोखरा सहरलाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्न फेवाताल किनार छेउ बाराहीघाटमा आइतबार आयोजित समारोहमा सहभागी हुँदै ।
प्रधानमन्त्री प्रचण्ड गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ।