सैनिक कल्याणकारी कोषको सम्पति ८२ अर्ब बढी
वि.सं.२०८० चैत ५ सोमवार ०९:५०
shares

काठमाडौं, ५ चैत । नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी रकम जम्मा भएकोे छ । प्रधान सेनापति प्रमुराम शर्माका अनुसार विसं २०८० पुस मसान्तसम्म रु ८२ अर्ब ६६ करोड १२ लाख जम्मा भएको हो ।
सैनिक मञ्च टुँडिखेलमा नेपाली सेना कल्याणकारी बोर्डको संयोजन तथा नेपाली सेना जङ्गी अड्डाको व्यवस्थापनमा आज आयोजित कार्यक्रममा शर्माले करिब १० लाख हिताधिकारीमार्फत कोषमा ८२ अर्बभन्दा बढी रकम जम्मा भएको जानकारी दिए । शर्माले विसं २०८० असार मसान्तसम्म रु ७१ अर्ब ५ करोड ६१ लाख रहेकामा सो रकम वृद्धि भई पुस मसान्तसम्म कोषको कूल रकम ८२ अर्ब ६६ करोड १२ लाख पुगेको बताए । कल्याणकारी कार्य सोही कोषको ब्याजबाट सञ्चालन हुँदै आएको शर्माको भाई छ ।
सैनिक कल्याणकारी कोषमा हरेक वर्ष करिब रु ६ देखि ८ अर्ब खर्च भइरहेको र कोषमा ठूलो रकम देखिएता पनि एकै पटक रकम उपलब्ध गराउन कठिन भइरहेको शर्माको भनाई थियो । प्रधानसेनापति शर्माले कोषलाई कालान्तरसम्म दिगो राख्न आयआर्जनलाई विस्तार गर्न जरुरी रहेको र यस विषयमा सरकारका सम्बद्ध निकायमा कुरा राखिएको बताए ।



















