Dhulikhel Eco Banner new

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ करोबार ?

4.71K
shares

काठमाडौं, ५ चैत । सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा ५०० रुपैयाँले घटेको छ ।

सोमबार छापावाला सुन प्रतितोल एक लाख २४ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोल एक लाख २३ हजार ९०० रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ ।

आईतबार छापावाला सुन प्रतितोला एक लाख २५ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेको छ । आईतबार प्रतितोला १ हजार ५३० रुपैयाँमा करोबार भएको चाँदी सोमबार एक हजार ५२० रुपैयाँमा करोबार भएको महासंघले जनाएको छ ।