Dhulikhel Eco Banner new

८ महिनाको व्यापार घाटा ९ खर्ब २९ अर्ब ६० करोड ५२ लाख रुपैयाँ

4.54K
shares

काठमाडौं, ६ चैत । चालु आर्थिक वर्षको ८ महिनाको नेपालको व्यापार घाटा ९ खर्ब भन्दा बढी रहेको छ । भन्सार विभागले सार्वजनिक गरेको फागुन मसान्तसम्मको विवरण अनुसार व्यपार घाटा ९ खर्ब २९ अर्ब ६० करोड ५२ लाख रुपैयाँ रहेको छ ।

गत वर्षको सोही अवधिमा ९ खर्ब ५३ अर्ब ५८ करोड ९३ लाख रुपैयाँ बराबरको व्यापार घाटा भएको थियो ।

फागुन मसान्तससम्ममा १० खर्ब ३० अर्ब २२ करोड २६ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १० खर्ब ५८ अर्ब ३८ करोड ५५ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

गत आवको ८ महिनाको तुलनामा चालु आवको ८ महिनासम्म कूल आयात २.६६ प्रतिशतले घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको फागुन मसान्तसम्मको विवरणअनुसार ८ महिनाको अवधिमा नेपालको निर्यात पनि ३.९९ प्रतिशतले ओरालो लागेको छ ।

विभागका अनुसार सो अवधिमा नेपालबाट १ खर्ब ६१ करोड ७४ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत वर्षको ८ महिनाको अवधिमा १ खर्ब ४ अर्ब रुपैयाँ बराबरको निर्यात भएको थियो ।

सो अवधिमा नेपालको वैदेशिक व्यापार ११ खर्ब ३० अर्ब ८४ करोड रुपैयाँ बराबरको भएको छ । गत वर्षको यही अवधिमा ११ खर्ब ६३ अर्ब १८ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।