Dhulikhel Eco Banner new

बालेन शाह क्रान्तिकारी नै हो : उपाध्यक्ष मैनाली

4.25K
shares

काठमाडौं, १० चैत । अखिल(क्रान्तिकारी) उपाध्यक्ष मैनालीले बालेन शाह पूर्व अखिल(क्रान्तिकारी) भएको दावी गरेका छन ।

काठमाडौ महानगरका मेयर बालेन शाहले अध्ययन गरेको कलेज ह्वाइटहाउस इन्टरनेशनल कलेजमा अखिल(क्रान्तिकारी)ले शुक्रबार आयोजिना गरेको हाजीरी जवाफ प्रतियोगितामा प्रमुख अतिथीका रुपमा धारणा राख्दै मैनालीले यस्तो दावी गरेका हुन ।

बालेन शाहले प्रारम्भिक दिनमा माओवादी भातृसंगठनबाट अखिल(क्रान्तिकारी)को सदष्यता लिई राजनितीमा पाइला राखेको भन्दै मैनालीले माओवादी पार्टी परिवर्तनकारीहरुको पार्टी भएको बताए ।

हर्क साम्पाङ, बालेन र रवि लामीछानेहरु माओवादीले जस्तै संघर्षको बाटो रोजेर , राजनितिका खराबीहरु बिरुद्ध लड्दा लड्दै स्थान बनाएको भन्दै उनले अगाडि भने “आधुनिक नेपालको इतिहासमा सत्तासँग असहमत भइ गरिएको सबैभन्दा ठूलो बिद्रोह माओवादी बिद्रोह हो र त्यसको नेतृत्व प्रचण्डले गरेको हुँदा “प्रचण्ड बर्तमानको राजनितीको सबैभन्दा ठूलो बिद्रोही हो ” भन्दै हर्क , बालेन र रबि लामीछानेहरु प्रचण्डकै राजनितिक शैली अपनाएर ती ठाउँहरुमा पुगेका साना बिद्रोहीहरु भएको धारणा राखेका थिए ।

कार्यक्रममा बिध्यार्थी नेता सबिन खड्का , बिबेक यादव लगायतले मुलुको इन्जिनियरिङ र बुद्धिजीवी क्षेत्रले मुलुकको राजनितीमा थप योगदान दिने समय आएको धारणा राखेका थिए।