Dhulikhel Eco Banner new

एक महिनामा २२ कम्पनीको बोनस र हकप्रद शेयर नेप्सेमा सूचीकृत

4.8K
shares

काठमाडौं, १२ चैत । एक महिनामा २२ वटा कम्पनीका बोनस र हकप्रद शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । गत फागुन महिनामा उक्त कम्पनीका शेयर नेप्सेमा सूचीकृत भएको नेप्सेले जनाएको छ ।

जसमा २० कम्पनीको बोनस शेयर र २ कम्पनीको हकप्रद शेयर सूचीकृत भएको नेप्सेको तथ्यांकमा उल्लेख छ । माथिल्लो तामाकोशी तथा घलेम्दी हाइड्रोपावरले हकप्रद सूचीकृत भएको छ ।

त्यस्तै, सानिमा माइ हाड्रोपावर, चिलिमे हाइड्रोपावर, मितेरी डेभलपमेन्ट बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट, नेपाल इन्स्योरेन्स, राधी विद्युत्, हाथवे इन्भेस्टमेन्ट कम्पनी, सिटिजन्स लाइफ इन्स्योरेन्स, फस्र्ट माइक्रोफाइनान्स कम्पनी, छिमेक लघुवित्त वित्तीय संस्था, युनिभर्सल पावर, सोल्टी होटल, युनाइटेड अजोड इन्स्योरेन्स, जीवन विकास लघुवित्त, हिमालयन एभरेस्ट इन्स्योरेन्स, मुक्तिनाथ विकास बैंक, आरएसडीसी लघुवित्त, नेपाल एसबीआई बैंक र लुम्बिनी विकास बैंकको बानस शेयर सूचीकृत भएको हो ।