GBIME

सोमबार* १७ अंकले घट्यो नेप्से, कारोबार पनि घट्यो

1.01K
shares

काठमाडौं, १२ चैत । साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.०३ अंकले घटेको छ ।

अघिल्लो साता पनि निरन्तर घटेको नेप्से यो साताको सुरुवात पनि ०.८८ प्रतिशतले घटेर २०३१.५५ विन्दुमा कायम भएको छ ।

सोमबार २ अर्ब ४८ करोड ९१ लाख १८ हजार रुपैयाँ बराबरको ७० लाख ६१ हजार १२ कित्ता शेयर ४४ हजार २३६ पटक किनबेच भएको छ ।

आज ३०४ कम्पनीको शेयर किनबेच हुँदा ३७ कम्पनीको शेयर मूल्य बढेको छ भने २०४ कम्पनीको शेयर मूल्य घटेको छ । ३ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

सोमबार १३ समुह मध्ये ४ समुहधको शेयर मूल्य बढेको छ भने अन्य सबै राताम्य रहेको छ ।

बोर्टस नेपाल (बालाजु) र सार्वोत्तम सिमेन्टको शेयरमा १० प्रतिशतले बढेर भने सकारात्मक सर्किक लागेको छ ।

किसान लघुवित्तको र बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमा भने १० प्रतिशतले घटेर नकारात्मक सर्किक लागेको छ ।

*यसअगाडि सोमबार हुँनुपर्नेमा आईतबार भएकोमा सुधारिएको छ ।