Dhulikhel Eco Banner new

दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

5.53K
shares

काठमाडौं, १२ चैत । व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतले आदेश दिएको छ ।

प्रसाईंले बीएन्डसी मेडिकल कलेजबाट चिकित्सा शिक्षा आयोगलाई विपक्षी बनाउँदै २ वटा रिट दायर गरेका थिए । उक्त रिटको एकै इजलासमा राखेर सर्वोच्चले सम्बन्धन दिन आदेश दिएको हो ।

सर्वोच्चको कुमार चुँडाल र शारङ्गा सुवेदीको संयुक्त इजलासले सोमबार निर्णय सुनाएको हो ।

मेडिकल कलेजको मान्यता नदिएपछि कलेजका तर्फबाट प्रसाईले २०७७ असार २१ र २०७७ असोज ३० गते आयोगविरुद्ध रिट दायर गरेका थिए ।