Dhulikhel Eco Banner new

सिटिजन्स बैंकद्वारा वित्तिय साक्षरताका कार्यक्रमहरु सम्पन्न

3.63K
shares

काठमाडौं, १२ चैत । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्लोबल मनी वीकका अवसरका आफ्नो २५ शाखा कार्यालयहरु बाट विभिन्न वित्तीय साक्षरता कार्यक्रम संचालन गरेर सम्पन्न गरेको छ ।

बैंकले कार्यक्रम्रमा उपस्थित युवा तथा विद्यार्र्थीवर्गमा वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा विस्तृत प्रकाश पारिएको जनाएको छ । यस सँंगै वित्तीय साक्षरताको अवस्था र विद्युतीय बंैकिङ्गको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराएको बैंकको भनाई छ ।

नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बंैकिङ्ग प्रणालीकै प्रयोग गर्न सिकाएको छ । बंैकिङ्ग प्रणाली मजवुत हुने साथसाथै युवा र विद्यार्थीमा वित्तीय ज्ञानको विकास हुने विश्वास बैंकले लिएको जनाएको छ ।

‘प्रोटेक्ट योर मनि, सेक्योर योर फ्यूचर’ भन्ने मूल नाराका साथ गत चैत्र ५ देखी ११ सम्म संचालन भएको ग्लोबल मनी वीक मनाईएको छ ।

बैंकको १९० शाखा, १५३ एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरु छन् । बैंकमा १७ लाख ३६ हजार ग्राहक रहेको बैंकको भनाई छ । हाल बैंक ५५ जिल्लामा छ र यसै वर्ष बैंक ६० जिल्लामा पुग्ने बैंकले जनाएको छ ।