GBIME

राइड सेयररिङ एप ‘राइडअक्स’ आजबाट सफ्ट लञ्चिङ हुने

3.92K
shares

काठमाडौं, १४ चैत । राइड सेयरिङ प्लेटफर्म राईडअक्सले आज बुधबार(चैत १४ गते) पहिलो चरणमा वीरगंजमा सफ्ट लञ्चिङ गर्ने भएको छ । गत वर्षदेखि नै राईडअक्स सुरु गर्ने भनिए पनि केही प्राविधिक कारणले सञ्चालनमा ढिलाइ भइरहेको कम्पनीले जनाएको छ । अब भने राइडअक्स बुधबार सार्वजनिक हुने भएको छ ।

यस्तै दोस्रो चरणअन्तर्गत कोशी प्रदेशमा चैत्र २५ गतेका दिन सर्वजनिक हुने र क्रमश विभिन्न प्रदेश तथा सहरमा सर्वजनिक हुने कम्पनीले तयारी गरेको छ ।

राईडअक्सले राइडर्सहरूलाई जनचेतना जगाउने उद्देश्यसहित वीरगंजमा केही दिन अघि राइडर्स मिटअप गरेको थियो । राईडअक्स एप प्लेस्टोर र एपस्टोर उपलब्ध भइसकेको छ ।

बजारमा चलिरहेको भन्दा केही फरक सुविधासहित राइडअक्स सुरू हुन लागेको कम्पनीका सञ्चालक सुनिल यादवले बताए । यसमा यदि राईडर्सले अनलाईन राईड लिई केही दुरी पुगेर अफलाईनमा परिणत गर्न खोज्दा त्यस्ता राईड मोनिटर हुने सुविधा रहेको कम्पनीले जनाएको छ । कम्पनीले अहिले एक महीना भन्दा बढीकुनै किसीमिको राईडर्ससँग सेवा शुल्क नलिने र पार्सल डेलिभरी गरि थप कमाई गर्ने सक्ने जनाएको छ ।