एभरेष्ट बैंकद्धारा ग्लोबल मनी वीक २०२४ कार्यक्रम सम्पन्न
वि.सं.२०८० चैत १४ बुधवार १७:५०
shares

काठमाडौं, १४ चैत । एभरेष्ट बैंकले ग्लोबल मनी वीक २०२४ को अवसरमा वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ ।
बैंकले ७ वटै प्रदेशका विभिन्न शाखा मार्फत विभिन्न स्कुल÷क्याम्पसहरmमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै ३ हजार भन्दा बढी विधार्थीहरmमा वित्तीय शिक्षाको महत्व जागरण गराई उक्त कार्यक्रम मनाएको हो ।
‘प्रोटेक्य योर मनी, सेक्युयर फियुचर’ भन्ने नाराका साथ सम्पन्न गरिएको उक्त कार्यक्रममा युवाहरुमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, बैंकहरmले दिने सेवा र यसमा अपनाउनु पर्ने सावधानीका विषयमा सचेतना गराएको बैंकले जनाएको छ ।
बैंकको १२८ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६४ एटिएम र ३२ वटा संकलन केन्द्र रहेको छ । बैंकसँग करिब १३ लाख ग्राहक आवद्ध छन् ।



















