GBIME

जीवन विकास लघुवित्तको २४ स्थानमा वित्तीय साक्षरता कार्यक्रम, ४९ सय सहभागी

2.39K
shares

काठमाडौं, १५ चैत । जीवन विकास लघुवित्त वित्तीय संस्थाले ग्लोबल मनी वीक–२०२४ को आवसरमा आफ्नो विभिन्न शाखाबाट २४ स्थानमा वित्तिय साक्षरता तथा केन्द्र गोष्टी कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा ४९ सय भन्दा बढीलाई वित्तिय रुपमा साक्षर गराएको लघुवित्तले जनाएको छ । लघुवित्तले आफ्नो सामाजिक उतरदायित्व अन्तरगत कार्यक्रमको अवसरमा विपन्न परिवारका १२० जना बालबालिकालाई ‘एडप्ट’ गरी छात्रवृति समेत प्रदान गरिएको लघुवित्तका मोरङ जिल्ला प्रमुख सन्तोश कार्कीले जानकारी दिए ।

‘आफ्ना सदस्य तिनका अभिभवक र सरोकार वाला निकायलाई वित्तीय ज्ञान दिने उदेश्यले वित्तीय साक्षरता कार्यक्रम सन्चालन गरेका हौँ’, जिल्ला प्रमुख कार्कीले भने, ‘कार्यक्रममा तथा प्रदेश तथा प्रतिनिधी सभाका सांसद, स्थानिय निकायका जन प्रतिनिधी, प्रहरी प्रसाशन, विद्यालयका प्र.अ. समाजीक संघ संस्थाहरुको समेत उपस्थीति थियो ।’

लघुवित्तका प्रमुख कार्यकारी अधिकृत सन्जय कुमार मण्डल, नायव प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मी, मानव संसाधन विभागका प्रमुख सुदिप कुमार मण्डल र संस्थागत तथा सामाजीक विभाग प्रमुख विजय कुमार मण्डलले नेत्रीत्व गरेको जम्मा ४ वटा टोलीले कार्यक्रमको नेत्रीत्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

आर्थिक सहयोग तथा विकास संगठन (ओइसीडी) को संयोजनमा संसारभरका १०९ देशहरुमा ग्लोबल मनी वीक मनाउने गरिएको छ । नेपालमा पनि राष्ट्र बैंक र अन्य वित्तीय संस्थाले उक्त कार्यक्रम मनाउने गरेका छन् ।

मनी वीकमा विभिन्न वर्ष आफ्नै छुट्टै नाराहरु रहेको हुन्छ । यो वर्ष ‘प्रोटेक्ट योर मनि, सेक्योर योर फ्यूचर’ भन्ने मूल नाराका साथ उक्त जीवन विकासले पनि मनी वीक सफलता पूर्वक सम्पन्न गरेको छ ।

लघुवित्तको यस्तो थियो कार्यक्रम
चैत्र ५– झापाको पथरिया, तेह्रथुमको बसन्तपुर, सिरहाको कर्जन्हा, सप्तरीको बोदेबर्साइन

चैत्र ६– झापाको पृथ्वीनगर सङ्खुवासभाको चैनपुर, सिरहाको कल्याणपुर र सप्तरीको छिन्नमस्ता

चैत्र ७– इलामको दानावारी, तेह्रथुमको म्याङलुङ, सिरहाको सुखीपुरमा पर्ने दहीपौडी बजार, सप्तरीको हनुमाननगर

चैत्र ८– झापाको सुरुङ्गा, धनकुटाको धनकुटा बजार, मोरङको बेलबारी र उर्लाबारी

चैत्र ९– झापाको शिबगंज,धनकुटाको राजारानी,सुनसरीको अमाहिबेल्हा र लौकहिमा

चैत्र १० – मोरङको केराबारी, धनकुटाको बुधबारे, मोरङको अमरदह र रामचोकमा