GBIME

११ सयले बढ्यो सुनको मूल्य, राख्यो नयाँ रेकर्ड

858
shares

काठमाडौं, १५ चैत । आज फेरी सुनको भाउले नयाँ रेकर्ड राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा ११०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ ।

बुधबार छापावाला सुन प्रतितोला १ लाख २६ हजार ८०० रुपैयाँमा कारोबार हुँदा आज प्रतितोला १ लाख २७ हजार ९०० रुपैयाँ कारोबार भएको महासंघले जनाएको छ ।

बिहिबार तेजाबी सुन प्रतितोला १ लाख २७ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ५१० रुपैयाँ पुगेको छ। बुधबार चाँदी प्रतितोला १ हजार ४९० रुपैयाँमा खरिदबिक्री भएको थियो ।