GBIME

स्थानीय तहको उपनिर्वाचन मंसिरअघि नै : उपप्रधानमन्त्री लामिछाने

768
shares

काठमाडौं, २५ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आगामी मंसिरअघि नै स्थानीय तहको उपनिर्वाचन गर्न सकिने बताएका छन् । निर्वाचन आयोगको २०८१ सालको मंसिरमा उपनिर्वाचन गर्ने प्रस्तावप्रति उनले त्यसअघि पनि गर्न सकिने बताएका हुन् ।

आइतबार निर्वाचन आयोगका पदाधिकारीहरुसँगको छलफलपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री लामिछानेले आफूले अध्ययन गरेर त्यसलाई मंसिरअघि नै पनि गर्न सकिने बताए।

उनले भने, ‘स्थानीय तहको उपनिर्वाचनको विषय अलिकति समय लाग्ने कुरा आएको छ । मंसिरमा सकिन्छ कि भन्ने प्रस्ताव छ । विभिन्न पाटोहरूमा अध्ययन गरेर त्यसै सेरोफेरोमा हामी निर्वाचन गर्नसक्छौ जस्तो लाग्छ  जटिलताहरु होलान् अध्ययन गर्नुपर्छ  तर, छिट्टै गर्न सकिन्छ ।’

संघ र प्रदेशको उपनिर्वाचन आगामी वैशाख १५ गते हुँदैछ । उपप्रधानमन्त्री लामिछानेले स्थानीय तहको उपनिर्वाचन पनि छिट्टै गर्ने पक्षमा आफू रहेको बताए ।