GBIME

समस्याग्रस्त शेयर मार्केट फाइनान्सको नेतृत्वमा अधिकारी नियुक्त

6.42K
shares

काठमाडौं, २ वैशाख । समस्याग्रस्त नेपाल शेयर मार्केट एण्ड फाइनान्सको व्यवस्थापन समूहको संयोजक पदमा रोशन कुमार अधिकारी नियुक्त भएका छन् । नेपाल राष्ट्र बैंकले अधिकारीलाई नियुक्त गरी पद तथा गोपनियताको सपथ समेत दिलाएको छ ।

अधिकारीले राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु पौडेल समक्ष आइतबार सपथ लिएका हुन् । अधिकारी वित्तीय क्षेत्रमा लामो अनुभव भएका व्यक्ति हुन् । उनले मिर्मिरे लघुवित्त वित्तीय संस्था, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था, अभियान लघुवित्त वित्तीय संस्था लगायतमा प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरिसकेका छन् ।