Dhulikhel Eco Banner new

प्रधानमन्त्री पत्नीको नाममा कार्यक्रम समेटिनु गलत : सांसद थापा

6.07K
shares

काठमाडौं, १५ जेठ । नेपाली कांग्रेसकी सांसद रमा पौडेलले बजेट पपुलिस्ट र पुरानै निरन्तरताका रुपमा आएको बताएकी छिन् । उनले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम अनौठो आएको बताएकी छिन् ।

सिता दाहालको स्मृतिमा बन्ने अस्पतालका विषयमा समेत सांसद थापाले अचम्म मानेकी छिन् । नेताको परिवारको नाममा यस्ता कार्यक्रमहरु आउदा नकरात्मक असर पर्ने उनले बताएकी छिन् ।
यो बजेट कार्यान्वयन हुन नसक्ने उनले दावी समेत गरेकी छिन् । सरकारले वैदेशिक रोजगारीमा जानेलाई फर्काउने योजना आउनु पर्ने, खानेपानी, शिक्षा र स्वास्थ्यका लागि आउनु कार्यक्रमहरु नआएको उनले बताएकी छिन् ।