Dhulikhel Eco Banner new

उपाध्यक्ष डा. श्रेष्ठबाट कोलोम्बो प्लान बैठकमा सम्वोधन

4.13K
shares

काठमाडौं । कोलोम्बो प्लानको कन्सल्टेटिम कमिटीको ४८औँ बैठक मंगोलियाको उलानबाटोरमा सम्पन्न भएको छ । बैठकमा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ सहभागी छन् । उपाध्यक्ष डा. श्रेष्ठले कोलोम्बो प्लानको बैठकमा सम्वोधन गर्दै नेपालले तप छात्रवृति उपलब्ध गराउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

हाल नेपालले विदेशी विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयमा अन्तर्गत अन्तरर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति विषयमा अध्ययन गर्न १ विदेशी विद्यार्थीलाई छात्रवृत्ति उपलव्ध गराउँदै आएकोमा नेपाली भाषा, संस्कृति प्रथा वौद्ध दर्शन विषयमा अध्ययनको लागि समेत नेपाल सरकारका तर्फबाट थप ८ जनालाई छात्रवृति प्रदान गर्ने उपाध्यक्ष डा. श्रेष्ठले प्रतिवद्धता व्यक्त गरेका हुन् ।

बैठकमा उपाध्यक्ष डा. श्रेष्ठले दक्षिण एशिया तथा दक्षिणपश्चिम एशिया उपक्षेत्रको समूह बैठकको अध्यक्षता गरेका थिए । बैठकले कोलोम्वी प्लानको वार्षिक प्रतिवेदन स्वीकृत गर्नुका साथै कोलोम्बो प्लान अन्तर्गत सञ्चालित कार्यक्रमहरूको समीक्षा गर्दै आगामी दिनमा सञ्चालन गरिने कार्यक्रमहरू बारेमा छलफल गरेको थियो ।

पछिल्लो समयमा मुख्य गरी क्षमता अभिवृद्धि तथा प्राविधिक सहयोगमा केन्द्रित रहेको प्लानहले लागूपदार्थ विरुद्धको अभियान तथा महिला सशक्तिकरणको क्षेत्रमा समेत विशेष कार्यक्रम सञ्चालन गरि आएको छ । सन् १९५१ मा स्थापना भएको कोलोम्बो प्लानमा नेपाल सदस्य लगायत २८ राष्ट्रहरु रहेको छन् भने सो संस्थाको सचिवालय श्रीलंकाको कोलम्बोमा रहेको छ ।