तत्कालिन सेञ्चुरी बैंकको तत्कालिन सञ्चालकहरु प्रहरी नियन्त्रणमा
वि.सं.२०८१ जेठ २८ सोमवार १७:१४
shares

काठमाडौं, २८ जेठ । हाल प्रभु बैंकमा गाभिएको तत्कालिन सेञ्चुरी बैंकको तत्कालिन सञ्चालकहरुलाई प्रहरीले पक्राउ गरेको छ । सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेशकुमार श्रेष्ठ, उनी अध्यक्ष रहदा सञ्चालक रहेका व्यक्तिहरुसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले श्रेष्ठसँगै बैंकको सञ्चालक समितिका सदस्यहरु सुनिलकुमार न्यौपाने, प्राडा गीता प्रधान, रमेश कुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेश कुमार दली, उमाकुमारी श्रेष्ठ र क्याड शाखाका प्रमुख शिवगोपाल रिसाललाई पक्राउ गरेको छ ।
यसअघि कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा १५ फागुन २)८) मा तत्कालीन सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज न्यौपाने र तुलसी गौतमसहितका कर्मचारी पक्राउ परेका थिए ।
देउराली सहकारी र रवीन्द्र चौलागाईंका विभिन्न कम्पनीलाई कमसल धितोकै आधारमा बैंकबाट कर्जा प्रवाह गरी घोटाला गरेको आरोप उनीहरुमाथि छ ।
उनीहरुले सेञ्चुरी बैंकमा रहँदा कमसल धितोमा दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको सीआईबीले बताएको छ । उक्त ऋण धितोभन्दा (७ करोड ४१ लाख ७) हजार ७ सय ७२ रुपैयाँले बढी पाइएको सीआईबीको दाबी थियो ।



















