Dhulikhel Eco Banner new

तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

4.37K
shares

काठमाडौं, ३० जेठ । स्थानीय बजारमा बुधबार सुनको मूल्य बढेको छ । मंगलबार सुनको मूल्य तोलामा १ लाख ४१ हजार रुपैयाँ कायम भएको थियो ।

भने बुधबारका लागि सुनको मूल्य तोलामा १ लाख ४१ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

निरन्तर तिनदिनको स्थिरता पछि बुधबार भने सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हो ।

त्यस्तै चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको हो । मंगलबार १ हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार ५ रुपैयाँले बढेको हो ।