Dhulikhel Eco Banner new

मंगलबार सुनको मूल्य स्थिर

4.3K
shares

काठमाडौं, ४ असार । स्थानिय बजारमा मंगलबार सुनको मूल्य स्थिर रहको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको छ।

यस्तै तेजाबी सुन तोलामा १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ।  चाँदीको मूल्य  मंगलबार सामान्यले वृद्धि भएको छ ।

सोमबार तोलामा १ हजार ८ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार भने  १५ बढेर तोलामा १ हजार ८१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।