Dhulikhel Eco Banner new

तोलामा दुई सय रुपैयाँले बढ्यो सुनको मूल्य

5.28K
shares

काठमाडौं, १६ असार । स्थानीय बजारमा आइतबार  सुनको मूल्य  बढेको छ । आइतबार  सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको हो ।

शुक्रबार प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार दुई सय रुपैयाँले बढ्दै १ लाख ४२ हजार रुपैयाँ पुगेको छ ।

यस्तै आज तेजाबी सुनको मूल्य १ लाख ४१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आज चाँदीको मूल्य  शुक्रबारकै मूल्य कायम हुँदै आज स्थिर रहेको छ । गत शुक्रबार चाँदी प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।