Dhulikhel Eco Banner new

सौर्य एयरलाइन्सको दुर्घटनाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने

6.02K
shares

काठमाडौं, १० साउन । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेर मृत्यु भएका १८ जनाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ ।

 बुधबार साँझ बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले शोक मनाउन बिहिबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

बैठकले विमान दुर्घटनाबारे जाँचबुझ गरी दुर्घटनाको कारण पत्ता लगाउन पाँच सदस्यीय आयोग गठन गरेको छ ।