Dhulikhel Eco Banner new

सिटिजन्स बैंकको निक्षेप र कर्जामा उल्लेख्य वृद्धि, अन्य सूचकमा पनि राम्रो सुधार

3.89K
shares

काठमाडौं, १८ साउन । सिटिजन्स बैंक इन्टरनेसनलले गत आर्थिक वर्षमा अधिकांश सूचकहरुमा राम्रो सुधार गरेको छ । बैंकले निक्षेत्र र कर्जा दुुबैमा उल्लेख्य वृद्धि गर्नुका साथै बेस रेट एकल अंकमा झार्न सफल भएको छ ।

बैंकको निक्षेपमा ११.४७ प्रतिशतले र कर्जा करिब १० प्रतिशतले वृद्धि देखिएको छ । अर्थतन्त्र यस्तो अवस्थामा हुँदा पनि बैंकले यत्तिको ग्रोथ गर्नु धेरै राम्रो हो ।

बैंकका अन्य सूचकहरु प्नि सकारात्मक देखिएका छन् । कर्जा निक्षेपको अनुपात (सिडी रेसियो), तरलता अनुपात (लिक्वीडिटी रेसियो) ले बैंक स्वस्थ छ भन्ने देखाएको छ । बैंकको पुँजी पर्याप्तता रेसियोमा समेत राम्रो सुधार भएको छ ।

गत वर्ष बैंकले शाखा विस्थार पनि राम्रै गरेको छ । बागमती प्रदेशमा ४, गण्डकी प्रदेशमा २ कर्णाली प्रदेशमा १ र सुदुरमा २ गरी ९ वटा शाखा कार्यालयहरु ब्ैंकले गत वर्ष थप गरेको छ ।

बैंकको निस्कृय कर्जा ४ प्रतिशत हाराहारीमा देखिएको छ बैंकले गत वर्ष १ अर्ब ३४ करोड रुपैयाँ खुद नाफा गर्न सफल भएको छ ।