Dhulikhel Eco Banner new
HRM

निस्कृय कर्जा कम गराउन एभरेष्ट उत्कृष्ट, सानिमा र एसबिआई पछिपछि

हेर्नुस्, कुन बैंकको निस्कृय कर्जा कति छ ?

4.58K
shares

काठमाडौं, २५  साउन । आर्थिक गतिविधिमा आएको संकुचनसँगै  बैंकहरूको खराब कर्जा पनि वृद्धि भएको छ ।

गत वर्ष अधिकांश बैंकहरुको खराब कर्जा बढेको छ । हाल सञ्चालनमा रहेका २० ‘क’ वर्गका बैंकहरु मध्ये ७ वटा बैंकहरुले मात्रै खराब कर्जा घटाएका छन् ।

गत वर्ष एभरेष्ट, प्रभु, प्राइम, राष्ट्रिय वाणिज्य, हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र नेपाल एसबिआईले मात्र खराब कर्जा घटाएका छन् । यी बाहेकका सबै बैंकहरूको खराब कर्जा अनुपात बढेको देखिएको छ ।

 औसतमा २० वाणिज्य बैंकहरूको खराब कर्र्जा ३.५४ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकहरूको खराब कर्जा अनुपात ३.०१ प्रतिशत रहेकोमा ०.५३ प्रतिशतले बढेर ३.५४ प्रतिशत पुगेको हो ।

याे पनि पढ्नुहाेस् : ८० लाख हिनामिनामा उपासना पौडेलको संलग्नता

यो पनि पढ्नुहोस् : कमजोर नेतृत्वले थलिदै हिमालयन रि, बीमा दावी दिन महाभारत !

वाणिज्य बैंकहरू मध्ये एभरेष्ट बैंकको सबैभन्दा कम खराब कर्र्जा रहेको छ । उक्त बैंकको खराब कर्जा ०.७१ प्रतिशत मात्र रहेको छ । अघिल्लो आर्थिक वर्ष बैंकको खराब कर्जा ०.७९ प्रतिशत रहेमा थप सुधार भएर ०.७१ मा झरेको छ ।

उता कुमारी बैंकको सबैभन्दा बढि खराब कर्जा देखिएको छ  । अघिल्लो वर्ष कुमारी बैंकको निस्कृय कर्जा ४.९६ प्रतिशत रहेको थियो । यसमा झिनो सुधार भएर गत वर्ष बैंकको खराब कर्जा ४.९५ प्रतिशतमा झरेको छ । यद्यपि, यो अन्य बैंकहरुको तुलनामा धेरै हो ।

खुसीको कुरा चाहिँ कुनै पनि वाणिज्य बैंकको खराब कर्जा ५ प्रतिशत पुगेको छैन । यसकारण आत्तिनुपर्ने त देखिदैन तर पनि तु्लनात्मक रुपमा उक्त बैंकहरुको खराब कर्जा भने बढिरहेको छ ।

हेर्नुस कुन बैंकको कति छ खराब कर्जा :

    बैंककाे नाम आ.व. २०७९ /८० (प्रतिशतमा)

आ.व. २०८०/८१ (प्रतिशतमा)

०.७९
एभरेष्ट बैंक १.३१ ०.७१
सानिमा बैंक २.४३ १.७३
नेपाल एसबीआई बैंक १.१८ २.००
स्टाण्डर्ड चार्टर्ड २.०१ २.१४
सिद्धार्थ बैंक २.७५ २.२२
एनएमबी बैंक २.८५ ३.२७
नेपाल बैंक लिमिटेड ०.८८ ३.२८
एनआइसी एशिया २.७८ ३.४१
कृषि विकास बैंक २.२६ ३.४४
माछापुच्छ्रे बैंक ३.७७ ३.६३
राष्ट्रिय वाणिज्य बैंक ३.३९ ३.६
नबिल बैंक ३.३९ ३.८
सिटिजन्स बैंक ३.१५ ४.०७
ग्लोबल आईएमई बैंक ४.८५ ४.३७
प्राइम कर्मसियल बैंक २.९१ ४.६७
लक्ष्मी सनराइज बैंक ४.९८ ४.७२
प्रभु बैंक ४.९३ ४.७८
हिमालयन बैंक ४.५४ ४.९१
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ४.९६ ४.९
कुमारी बैंक ३.०१ ४.९