Dhulikhel Eco Banner new

सहकारी छानबिन समितिले आज रवि लामिछानेसँग बयान लिने

3.73K
shares

काठमाडौं ७ भदौ । सहकारीको बचत हिनामिनासम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेसँग शुक्रबार बयान लिने भएको छ ।

लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको समितिका सभापति सूर्य थापाले बताए ।
विभिन्न सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा कम्पनीका तत्कालीन पदाधिकारीहरूको खातामार्फत् गएको देखिएपछि समितिले उनीहरूलाई सोधपुछ गरिरहेको हो।

सहकारीमा भएको समस्यको विषयलाई लिएर संसदले गत १५ गते थापाको सभापतित्वमा समिति गठन गरेको थियो भने समितिले २३ गतेदेखि काम सुरु गरेको थियो । समितिलाई दिएको तीनमहिनाको समयअवधि भदौँ २३ गते सकिँदैछ ।