हाथवे इन्भेष्टमेन्टको शेयरधनीहरुलाई वितरण गर्ने बोनस घोषणा
वि.सं.२०८१ भदौ २८ शुक्रवार १६:१०
3.71K
shares
shares

काठमाडौं, २८ भदौ । हाथवे इन्भेष्टमेन्टले शेयरधनीहरुलाई वितरण गर्ने बोनस घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो।
भदौ २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
त्यस्तै, कम्पनीले बोनस शेयरको कर प्रयोजनार्थ ०.५२६ प्रतिशतका दरले नगद लाभांश पनि वितरण गर्ने भएको छ।



















