विपदमा सिटिजन्सको साथ, बाढीपहिरो पीडितलाई दिने भयो २५ लाख
वि.सं.२०८१ असोज १३ आइतवार १०:५४
shares

काठमाडौं, १२ असोज । सिटिजन्स बैंक इन्टरनेसनले अविरण वर्षाका कारण पुुगेको क्षतिका लागि २५ लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ । देशभर बाढी पहिरोको वितण्डाले दर्जनौँ मान्छेको मृत्यु भएको छ भने दर्जनौँ वेपत्ता बनेका छन् ।
यस्तो महाविपत्तिका बेला सहयोग गर्नु आफ्नो दायित्व भएको सम्झदै बैंकले २५ लाख रुपैयाँ राहत सहयोग गर्ने बताएको हो । यसरी सहयोग गर्ने सिटिजन्स बैंक पहिलो संस्था बनेको छ । हालसम्म यसरी कसैले सहयोगको घोषणा गरेका छैनन् ।
बैंकका सूचना अधिकारी नारायण प्रसाद अधिकारीले प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ सहयोग जम्मा गरिने बताएका छन् । लगातार परेको वर्षात पछि काठमाडौं उपत्याकामा समेत ठूलो धनजनको क्षति भएको छ ।



















