Dhulikhel Eco Banner new
HRM

कमलपोखरीमा छठ पर्वको रौनक (फोटोफिचर)

1.59K
shares

काठमाडौं, २२ कात्तिक । छठ पर्वको मुख्य दिन आज बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । विभिन्न स्थानमा आज छठी माताको पूजा आराधना गरी सूर्यलाई अर्घ दिइएको छ।

छठको विधि भने कोजाग्रत पूर्णिमाका भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै सुरु भएको हो । निराहार व्रत बसेका व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिई रातभर छठ घाटमै जाग्राम बस्ने गर्छन् ।

कार्तिक शुक्ल सप्तमीका अवसरमा शुक्रबार बिहान उदाउँदा सूर्यलाई अर्घ दिएपछि चार दिन लामो छठको व्रत विधि समापन हुन्छ । कमलपोखरीमा आज छठ पर्व मनाउन आउने भक्तजनको घुइँचो छ ।

छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लागयतको सामग्रीहरु चढाईन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफुल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ । यस पर्वमा प्रायः कृषि उत्पादित वस्तु दिनानाथलाई पूजासामग्रीलाई चढाउने प्रचलन छ ।