कालोसूचीमा परे १४ निर्माण कम्पनी
वि.सं.२०८१ कात्तिक २३ शुक्रवार ११:०५
4.69K
shares
shares

काठमाडौं, २३ कात्तिक । सरकारले विभिन्न १४ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।
सार्वजनिक खरिद कार्यालयको निर्णय अनुसार विभिन्न सरकारी निकायबाट सिफारिस भएका ठकदार कम्पनी कालोसूचीमा राख्न सिफारिस गरेको हो ।
उक्त सिफारिसमा परेका १४ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कार्यालयको कात्तिक २१ गतेको निर्णयअनुसार कालोसूचीमा राखिएको सार्वजनिक खरिद कार्यालयले जनाएको छ ।




















