शेयर बजारमा आज यी ५ कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८१ कात्तिक २७ मंगलवार १५:२३
shares

काठमाडौं, २७ कात्तिक । मंगलबार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ११.१४ अंकले बढेर २,७४८ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ८० कम्पनीको शेयर मूल्य बढेको छ भने १५७ कम्पनीको शेयर मूल्य घटेको छ र ७ कम्पनीको स्थीर रहेको छ । यसदिन कारोबार रकम घटेर ७ अर्ब ८५ करोडको कारोबार भएको हो ।
शेयर बजारमा आज गुराँस लघुवित्त र मेन्छियाम हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज यी २ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
यसदिन बेस्ट फाइनान्स कम्पनी र एनएलजी इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले सर्वाधिक कमाएका छन् ।
त्यसैगरि समृद्धि फाइनान्स कम्पनीका लगानीकर्ताले ९.६१ प्रतिशतका दरले लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।



















