नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा
वि.सं.२०८१ मंसिर ४ मंगलवार १०:३०
3.84K
shares
shares

काठमाडौं, ४ मंसिर । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक समूहको शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको शेयर बिक्रीमा राखेको हो।
यसअघि यी शेयरहरू बैंककै संस्थापक शेयरधनीहरूलाई खरीदका लागि प्रस्ताव गरिएको थियो। तर संस्थापकहरूले खरीद नगरेपछि सर्वसाधारण लगानीकर्ताहरूका लागि आवेदन खुला गरिएको बैंकले जनाएको छ।
शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले ७ दिनभित्र बैंकको शेयर शाखामा निवेदन दिनु पर्नेछ।



















