Dhulikhel Eco Banner new

छिमेक लघुवित्तमा रोजगारीको अवसर

3.3K
shares

काठमाडौं, १२ मंसिर । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले बुधबार एक सूचना जारी गर्दै सहायक इकाई प्रबन्धकमा २३ जना कर्मचारी माग गरेको हो ।

सो पदहरुमा आवेदन दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाहरुबाट कम्तीमा प्लस टु पास गरेको हुनुपर्ने छ । संस्थाले देशका विभिन्न गाउँ समाजमा बसी काम गर्न इच्छुक भएको उम्मेदवारलाई बढी प्राथमिकता दिने भएको छ ।

उक्त पदमा आवेदन दिन चाँहाने उम्मेदवारहरुले संस्थाको आधिकारीक वेबसाइट मार्फत आवेदन दिन सकिने संस्थाले जनाएको छ ।