Dhulikhel Eco Banner new

शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

3.03K
shares

काठमाडौं, १३ मंसिर । बिहीबार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ८.३० अंकले बढेर २,७४८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ५० कम्पनीको शेयर मूल्य बढेको छ भने १९४ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन कारोबार रकम घटेर ८ अर्ब ५४ करोडको कारोबार भएको हो ।

राताम्य भएको मानुषी लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतको दरले घटेको छ ।

यसदिन अपर स्याङ्गे हाइड्रोपावरको लगानीकर्ताले ८.६० प्रतिशतका दरले गुमाएका छन् भने कर्णाली विकास बैंकका लगानीकर्ताले ६.८४ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी सुपरमाई हाइड्रोपावरको लगानीकर्ताले ५.२७ प्रतिशतका दरले गुमाएका छन् भने गुरास लघुवित्तका लगानीकर्ताले ४.८८ प्रतिशतका दरले गुमाएका छन् ।