Dhulikhel Eco Banner new

नेपाल एसबिआई बैंकको सीइओमा रामकुमार तिवारी नियुक्त

3.9K
shares

काठमाडौं, १९ मंसिर । नेपाल एसबिआई बैंकले रामकुमार तिवारीलाई आफ्नो प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा नियुक्त गरेको छ।

मंसिर १८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले तिवारीलाई प्रबन्ध सञ्चालक तथा सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो। तिवारीले आगामी माघ २ गतेबाट सीईओको जिम्मेवारी सम्हाल्नेछन्।

रामकुमार तिवारी नेपाल एसबिआई बैंकका महाप्रबन्धक हुन्। करिब १९ वर्षको बैंकिङ अनुभव भएका तिवारीले इन्दिरा गान्धी नेशनल ओपन युनिभर्सिटीबाट बैंकिङ एण्ड फाइनान्समा एमबीए गरेका छन्।

उनले बैंकभित्र विभिन्न उच्च जिम्मेवारी निर्वाह गर्दै बैंकिङ क्षेत्रमा व्यापक अनुभव संकलन गरेका छन्। तिवारीको नेतृत्वलाई बैंकले सशक्त व्यवस्थापन र संस्थागत वृद्धि हासिल गर्न मद्दत गर्ने विश्वास लिएको छ।

उनको सीईओका रूपमा नियुक्तिले बैंकको आगामी रणनीतिक योजनाहरूलाई थप बलियो बनाउन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।