युनियन मेवा हाइड्रोले साधारण शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल
वि.सं.२०८१ मंसिर २१ शुक्रवार १४:३७
shares

काठमाडौं, २१ मंसिर । युनियन मेवा हाइड्रो लिमिटेडले साधारण शेयर निष्काशन तथा बिक्री गर्ने भएको छ । यसमा लागि कम्पनीले लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सर्वसाधारणमा बिक्री गरिने १ सय रुपैयाँ अंकित दरका ३५ करोड ३८ लाख ६० हजार ५ सय—रकम बराबरको ३५ लाख ३८ हजार ६०५ कित्ता साधारण शेयर निष्काशन तथा बिक्री गर्नका लागि प्रबन्ध गर्ने सम्बन्धी सम्झौता गरेको छ ।
उक्त सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र युनियन मेवा हाइड्रो लिमिटेडकोे तर्फबाट अध्यक्ष किरण मल्लले हस्ताक्षर गरेका छन् ।



















