Dhulikhel Eco Banner new

कालिका पावर कम्पनीको लाभांश घोषणा

3.47K
shares

काठमाडौं, ८ पुस । कालिका पावर कम्पनीले लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले हाल कायम चुक्तापुँजीको कुल ७.३६८४ प्रतिशतले लाभांश दिने निर्णय गरेको छ ।

कम्पनीले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल ७.३६८४ प्रतिशतले लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीले शेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। प्रस्तावित लाभांश पारित गर्न कम्पनीले आफ्नो १७ औँ वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको छ।

सभा चितवनको भरतपुर–१० स्थित दियालो फुडल्यान्ड चितवनमा बिहान ११ बजेबाट सुरु हुनेछ।सभाले लाभांश अनुमोदन गरेपछि शेयरधनीहरुले पाउनेछन्।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १९ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा सहभागी हुन योग्य हुनेछन्।