शेयर बजारमा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८१ पुस ११ बिहीवार १५:५२
3.43K
shares
shares

काठमाडौं, ११ पुस । शेयर बजारमा ५ अर्ब ३२ करोडको कारोबार हुदा प्रभु बैंकको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ५० करोड ७७ लाख कारोबार भएको छ ।
यसदिन जानकी फाइनान्स २२ करोड ३९ लाख कारोबार भएको छ भने सपोर्ट माइक्रोफाइनान्सको १५ करोड ३९ लाख कारोबार भएको छ ।
त्यसैगरी कुमारी बैंकको १४ करोड ८९ लाख कारोबार भएको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको १३ करोड ८२ लाख कारोबार भएको छ ।



















