महुली लघुवित्तको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा
वि.सं.२०८१ पुस २४ बुधवार ११:४६
shares

काठमाडौं, २४ पुस । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ ।
लघुवित्तले संस्थापक शेयरधनी लक्ष्मी प्रसाद चौधरीको नाममा रहेको ४ हजार ६४१ कित्ता शेयर बिक्रीमा राखेको हो। यो शेयर यसअघि नै संस्थापक शेयरधनीका लागि बिक्री खुला गरिसकिएकाले अब सर्वसाधारणले खरिद गर्न पाउनेछन्।
इच्छुक व्यक्ति, कम्पनी वा संघसंस्थाले आफूले किन्न चाहेको शेयर संख्या र सोको मूल्यसमेत खुलाई सात दिनभित्र निवेदन दिनु पर्नेछ। निवेदन संस्थाको कम्पनी सचिवको कार्यालय अग्नीसाइर कृष्णासवरण–६ महुली सप्तरीमा बुझाउनु पर्नेछ।



















