Dhulikhel Eco Banner new

आईएमई लाइफ इन्स्योरेन्सद्धारा शाखा र उपशाखा प्रमुखको माग

3.32K
shares

काठमाडौं, ४ माघ । आईएमई लाइफ इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । कम्पनीले सातैवटा प्रदेश अन्तर्गतको केही शाखा र उपशाखा कार्यालयका लागि प्रमुख पदमा कर्मचारी माग गरेको हो।

यसका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरी बीमा, बैंकिङ तथा बिक्रीबजार व्यवस्थापनको क्षेत्रमा अनुभव भएकालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ। साथै कम्प्यूटर सम्बन्धी दक्ष र २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ।

 इच्छुक व्यक्तिले आफ्‌नो बायो डाटा, नागरिकता र माथिल्लो शैक्षिक योग्यताको प्रमाणपत्र सहित माघ १८ गतेभित्र कम्पनीको इमेल ठेगाना मार्फत् आवेदन दिनु पर्नेछ।