Dhulikhel Eco Banner new

बैंकको नीतिले व्यापार र उद्योगलाई समान रुपले हेर्दा समस्या उत्पन्न भएको छ : पूर्व अध्यक्ष श्रेष्ठ

3.42K
shares

काठमाडौं, ४ माघ । नेपाल बोटल वाटर उद्योग संघको पूर्व अध्यक्ष धर्म श्रेष्ठले बैंकको नीति व्यापार र उद्योगलाई समान रुपले हेर्दा समस्या उत्पन्न भएको बताएका छन् । मिडिया इन्टरनेसनलले शुक्रवार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

सरकारले देशमै लगानी गरेर पुँजी संरक्षण गर्ने वातावरण सिर्जना गर्नुपर्ने उनले बताए । उनले देशमै लगानी गरेर व्यवसाय सञ्चालन गर्दा समस्या आइपरेको हुँदा लाखै युवाहरु विदेशमा पलायन भएको बताएका छन् ।

नेपाल कृषिप्रधान देश भएपनि सरकारले किसानको आवाजलाई बेवास्ता गरेको उनको भनाई छ । देशको समग्र अर्थतन्त्र नै रेमिट्यान्सले धानेको समेत बताए ।