शेयर बजारमा ८ अर्ब ३९ करोड कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८१ माघ २७ आइतवार १५:३०
3.13K
shares
shares

काठमाडौं, २७ माघ । शेयर बजारमा ८ अर्ब ३९ करोड ८६ लाख कारोबार हुँदा एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ३१ करोड १६ लाख कारोबार भएको छ ।
यसदिन सीईडीबी होल्डिङ्सको ३० करोड ६२ लाख कारोबार भएको छ भने सेन्ट्रल फाइनान्सको २० करोड ७ लाख कारोबार भएको छ ।
त्यसैगरी नेपाल पुनर्बीमा कम्पनीको १५ करोड ८० लाख कारोबार भएको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको १४ करोड ९० लाख कारोबार भएको छ ।



















