Dhulikhel Eco Banner new

बोटलर्स नेपालका दुबै कम्पनीहरुको नोक्सानी बढ्यो

2.98K
shares

काठमाडौं, २९ माघ । बोटलर्स नेपाल (बालाजु) र बोटलर्स नेपाल (तराई) को चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नोक्सानी बढेको छ । यी दुबै कम्पनीहरुको सञ्चालन आम्दानी घटेसँगै नोक्सानी बढ्न पुगेको हो।

बोटलर्स नेपाल (बालाजु)ले २३ करोड ४० लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नोक्सानी १४ करोड ४७ लाख रुपैयाँ थियो।

गत आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा ७ करोड ४१ लाख रुपैयाँ नोक्सानीमा रहेको बोटलर्स नेपाल (तराई) चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ११ करोड ८९ लाख रुपैयाँ नोक्सानीमा पुगेको छ।

बोटलर्स नेपाल (बालाजु)को सञ्चालन आम्दानी ४ अर्ब ५८ करोडबाट घटेर ४ अर्ब ३६ करोडमा झरेको छ। त्यस्तै बोटलर्स नेपाल (तराई) को यस्तो आम्दानी ३ अर्ब ६८ करोडबाट घटेर २ अर्ब ९६ करोडमा सीमित भएको छ।

बोटलर्स नेपाल (बालाजु) को प्रतिशेयर आम्दानी २४० रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ३ हजार २७९ रुपैयाँ रहेको छ। सो अवधिसम्ममा बोटलर्स नेपाल (तराई) को प्रतिशेयर आम्दानी १९७ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ ३ हजार ३७९ रुपैयाँ रहेको छ।