शेयर बजारमा दोहोरो अंकले वृद्धि, १७६ कम्पनीको शेयर मूल्य बढ्यो
वि.सं.२०८१ फागुन ४ आइतवार १५:०८
shares

काठमाडौं, ४ फागुन । आइतवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १९.५६ अंकले बढेर २,६९८ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १७६ कम्पनीको शेयर मूल्य बढेको छ भने ६३ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ९ अर्ब ४३ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले बढेको शेयर बजारमा विनलघुवित्त, गुरास लघुवित्त, नेपाल फाइनान्स र जानकी फाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ४ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
शेयर बजारमा न्यादी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य १० प्रतिशतका दरले गुमाएका छन् ।



















