Dhulikhel Eco Banner new

यस्तो छ आइतवारको लागि विदेशी मुद्राको विनिमय दर

3.99K
shares

काठमाडौं, ११ फागुन । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले डलर एकको खरिददर १३८.४५ रुपैयाँ र बिक्रीदर १३९.०५ रुपैयाँ निर्धारण गरिएको छ।

 युरोपियन युरो एकको खरिददर १४४.९५ रुपैयाँ र बिक्रीदर १४५.५८ रुपैयाँ, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७५.१५ रुपैयाँ र बिक्रीदर १७.९१ रुपैयाँ, स्वीस फ्र्याङ्क एकको खरिददर १५४.०७ रुपैयाँ र बिक्रीदर १५४.७४ रुपैयाँ तोकिएको छ।

अस्ट्रेलियन डलर एकको खरिददर ८८.४७ रुपैयाँ र बिक्रीदर ८८.८५ रुपैयाँ, क्यानाडियन डलर एकको खरिददर ९७।५५ रुपैयाँ र बिक्रीदर ९७.९७ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०३.५९ रुपैयाँ र बिक्रीदर १०४.०४ रुपैयाँ निर्धारण गरिएको छ।

त्यस्तै, जापानी येन १० को खरिददर ९.२१ रुपैयाँ र बिक्रीदर ९.२५ रुपैयाँ निर्धारण गरिएको छ ।