Dhulikhel Eco Banner new

दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

3.56K
shares

काठमाडौं, १९ फागुन । सोमवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.६२ अंकले बढेर २,८७६ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ५१ कम्पनीको शेयर मूल्य बढेको छ भने १८७ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन १४ अर्ब २८ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

यसदिन दिव्यस्वरी हाइड्रोपावरका लगानीकर्ताले ९.४५ प्रतिशतका दरले कमाएका छन् भने सिन्धु विकास बैंकका लगानीकर्ताले ७.८५ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी हिमालयन रिइन्स्योरेन्सका लगानीकर्ताले ७.२५ प्रतिशतका दरले कमाएका छन् भने मुक्तिनाथ म्युअचल फण्डका लगानीकर्ताले ६.४७ प्रतिशतका दरले कमाएको छन् ।