दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८१ फागुन २० मंगलवार १५:३६
shares

काठमाडौं, २० फागुन । मंगलवार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार ३०.३६ अंकले घटेर २,८४६ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ४१ कम्पनीको शेयर मूल्य बढेको छ भने १९८ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन १२ अर्ब ९४ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले घटेको शेयर बजारमा गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
यसदिन आत्मनिर्भर लघुवित्तको ६.६६ प्रतिशतका दरले कमाएका छन् भने युनिभर्सल पावरको ५.७४ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी बरुण हाइड्रोपावरको ५.६० प्रतिशतका दरले कमाएका छन् भने शिवश्री हाइड्रोपावरको ५.३० प्रतिशतका दरले कमाएका छन् ।



















